२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

घुस रकमसहित प्रहरी नायब निरीक्षक नियन्त्रणमा

draupadi film
सुर्य प्रकाश बुढा मगर
२०८१ मंसिर १७ गते २२:५०
घुस रकमसहित प्रहरी नायब निरीक्षक नियन्त्रणमा

रोल्पा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले रोल्पाका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सइ) ललित कुमार बुढाथोकीलाई २५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उनले सवारी साधनहरूलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी गराएको छ । रकमसहित उनको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise