२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

तुलसी मालिस तेल बजारमा

ADV
मध्यान्ह
२०८१ मंसिर १८ गते २१:४८
तुलसी मालिस तेल बजारमा

काठमाडौं : तुलसी आयुर्वेदले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ । कम्पनीका सिईओ शिव बर्तौलाले मंगलबार एक कार्यक्रमकाबीच तुलसी मालिस तेलको साथमा पत्र पोटली, स्वदेन र रोलर सार्वजनिक गरेका हुन् । 

१६ जडिबुटीको मिश्रण रहेको सो तेलको प्रयोगले बाथरोग, हाडजोर्नीको दुखाई कम गर्ने लिगामेन्ट खिइएको समस्या निवारण गर्ने जनाइएको छ । साथै, शरिर पोल्ने र झमझमाउने समस्या भएकाहरूले समेत सो तेलबाट लाभ लिन सक्ने सिइओ बर्तौलाले बताएका छन् ।  

यस्तै, युरिक एसिडको समस्या र सबैखाले शरिरको दुखाईमा सो तेलले मालिस गर्दा राहत पुग्ने उत्पादकको दाबी छ । शरिरको प्रभावित भागमा यो तेलले मालिस गर्न उत्पादकले सुझाएका छन् । तुलसी मालिस तेल, तुलसी मालिस रोलर र तुलसी पत्र पोटली को कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेद प्रालिले जनाएको छ । 

जसमा आयुर्वेदिक जडिबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल, सेता ज्वानो, पाती लगायतको समिश्रण रहेकाले बिना साइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ । विश्व बजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ । तुलसी मालिस तेलले पनि अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise