२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

अवैधानिक कामदारलाई ६० दिने अवसर

ADV
अन्जान गुभाजु
२०८१ मंसिर १९ गते ०६:१५
अवैधानिक कामदारलाई ६० दिने अवसर

साउदी अरेयिबा : साउदी अरेबियाले आफ्नो मुलुकमा अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई २ महिनाभित्र वैधानिक भएर काम गर्न पाउने अवसर दिएको छ ।

साउदी अरेबियामा रोजगारदाता कम्पनीले कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा रिपोर्ट भएकालाई हुरुब भएको भन्ने गरिन्छ ।

साउदी अरेबियाको मिनिस्ट्री अफ ह्युमन रिसोर्स एन्ड सोसल डेभलपमेन्टले हुरुब लागेका कामदारहरूलाई गत १ डिसेम्बरदेखि आगामी २९ जनवरीसम्म ६० दिनको अवधि दिएको छ । उक्त अवधिमा किवा प्रणालीबाट हुरुब हटाई नयाँ कम्पनीमा जान पाइने छ ।

नेपाली दूतावास साउदी अरेबियाले उक्त अवसरको फाइदा लिन अवैधानिक अवस्थाका नेपालीलाई आग्रह गरेको छ ।

किवा रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र संचालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेबसाइट वा प्लेटफर्म हो । किवा वेबसाइटमार्फत कामदारले कार्यअनुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार/अस्वीकार/पुनरावलोकन गर्न, रोजगारी अन्त्य गर्न, नयाँ कम्पनीहरूबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायतका धेरै सुविधाहरू प्राप्त गर्न सकिन्छ ।

उक्त प्लेटफर्म वा वेबसाइटमार्फत आफ्ना जिज्ञासाहरू समाधान गर्न साउदीको लेबर अफिसमा अपोइन्टमेन्ट लिनसमेत सकिने व्यवस्था गरिएको साउदी मानव संसाधन मन्त्रालयले जनाएको छ ।

हुरुब हटाई नयाँ कम्पनीमा काम गर्न किवा सिस्टममा खाता खोली नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका लागि रोजगार सम्झौतासहितको अनुरोध गर्नुपर्छ । किवामा जोडिएपछि कामदारले १० दिनभित्र नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्ने प्रावधान छ ।

उक्त काम २९ जनवरी २०२५ भित्र गरिसक्नुपर्ने बताइएका छ । कामदार कम्पनीमा अनुपस्थित रहेको भनी कम्पनीले सिस्टममा उल्लेख गर्नासाथ किवामा जोडिएका कामदारको अब्सेर सिस्टम भएको मोबाइलबाट मात्र म्यासेजमार्फत हुरुब लागेको म्यासेज प्राप्त गर्न सकिने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise