काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।