२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि नीति संवाद

ADV
कमल कुमाल
२०८१ असार ६ गते २१:३०
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि नीति संवाद

कालीकोट : यौनिक तथा लैंगिक अल्पसंख्यक सामुदायको अधिकारका लागि नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । 

सामाजिक जागरण तथा विकास प्रतिष्ठान(सादा नेपाल) संस्थाको आयोजना, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा नीति संवाद सम्पन्न भएको हो । 

सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद घनश्याम भण्डारी प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा सामाजिक विकास समितिका सभापति सांसद विजया बोहोरा, कर्णाली प्रदेश सभा सदस्य ज्वारिलाल हमाल, कर्णाली प्रदेश प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रमुख मिना पराजुली, सिमरन शेरचन, राष्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ–राष्ट्रिय कार्यक्रम संयोजक तथा पत्रकार, गैर सरकारी संस्थाका प्रतिनिधि, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहभागीहरूले यस समुदायको कानूनी संरक्षण, भेदभावविरुद्धका कदमहरू, स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचजस्ता महत्वपूर्ण मुद्दाहरूमा छलफल गरेका थिए । प्रमुख वक्ताहरूले एलजीबीटीक्यू समुदायका सदस्यहरूलाई सम्मान जनक र सुरक्षित वातावरण प्रदान गर्न आवश्यक उपाय तथा नीति बनाउन पर्नेमा जोड दिएका छन् ।

कानूनी सुधारका साथै सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने र भेदभाव  हिंसाविरुद्ध कडा कानूनी कदम चाल्नुपर्नेमा सहमति जनाएका थिए । साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा एलजीबीटीक्यू मैत्री नीति तथा कार्यक्रमहरूको विकास गर्नुपर्नेमा सबैको जोड दिएका थिए । 

हाल उक्त कार्यक्रम सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) ले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा सन् २०२४ देखि सञ्चालन गरिरहेको दल्सिह कुमालले बताए । 

शान्ति, विकास,  सुशासन र सामाजिक न्यायको क्षेत्रमा कार्य सञ्चालन गर्दै स्वालम्बी समतामुलक मानव सुरक्षासहितको समुन्नत नमुनाको अधिकार सम्पन्न समाज निर्माण गर्ने उद्देश्यका साथ सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) सन् १९९८ मा स्थापना भएको र आफ्नो स्थापनाकाल देखिनै बाल विवाह न्यूनीकरण, बाल संरक्षण, बाल प्रत्याभूत सञ्चार व्यवस्थापन, जलवायु परिवर्तन, जोखिम व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पैरवी तथा अल्पसंख्यकका क्षेत्रमा समाजमा सकारात्मक परिवर्तनका लागि कर्णाली प्रदेशका  जिल्ला लगायत विभिन्न  जिल्लाहरुमा समुदाय परिचालन र नीतिगत पैरवीको  क्षेत्रमा कार्य गर्दै आइरहेको सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले बताए । 

‘यो नीतिगत पैरवी र समुदाय परिचालनको कामलाई  सादा नेपाल प्लान नेपालले नियमित गर्नुपर्ने देखिन्छ र हामी प्रतिवद्ध छौं’ सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise