काठमाडौं : नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सिजीले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा समेत गरेको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले एक्सपेंगको बिक्री आरम्भ गरेका थिए । सो अवसरमा उनले पोखराका लागि वातावरण र पर्यावरणमैत्री विद्युुतीय गाडीको प्रयोगलाई महानगरले प्रोत्साहन गर्ने बताए । त्यस्तै, पोखरामा एक्सपेंगको उपस्थितिले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गर्ने अटोवेज प्रालिका कार्यकारी अध्यक्ष नारायण पौडेलले बताए ।
सिजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले सीजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरूको बारेमा बताएका थिए ।