बझाङ : नेकपा एमाले बझाङको आठौं जिल्ला अधिवेशन मंसिर २४, २५ र २६ गते हुने भएको छ ।
अधिवेशन सम्पन्न गर्न संयोजक तोकेर १६ वटा उपसमिति गठन गरिएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष कलक खड्काको संयोजकत्वमा २८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जिल्ला पार्टी अध्यक्ष कलक खड्का संयोजक रहेको राजनीतिक एवं सांगठनिक मस्यौदा उपसमितिमा ५ सदस्यीय उपसमिति गठन गरिको हो ।
सुरत बहादुर सिंहको संयोजकत्वमा ३ सदस्यीय आर्थिक प्रतिवेदन लेखन उपसमिति गठन गरिएको छ । यस्तै महोनराज जोशीको संयोजकत्वमा १३ सदस्यीय प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको हो । कलक खड्का संयोजक रहेको आर्थिक ब्यवस्थापन उपसमितिमा २७ जना सदस्य राखिएको छ । राकेश सिंहको संयोजकत्वमा १५ सदस्यीय स्वयम् सेवक र सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै राधा विष्टको संयोजकत्वमा १२ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको हो । जनपरिचालन उपसमितिमा लोकेन्द्र हिलारी संयोजकसहित १४ सदस्यीय उपसमिति गठन गरिएको छ । लोकेन्द्र बहादुर सिंहको संयोजगत्वमा ९ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरिएको छ ।
दिनेश नेपालीको संयोजकत्वमा ११ सदस्यीय मन्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । धर्मराज खड्काको संयोजकत्वमा १३ सदस्यीय पार्टी प्रवेश उपसमिति गठन गरिएको छ ।
आनन्दलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । प्रयागराज जोशीको संयोजकत्वमा ७ सदस्यीय सम्मान उपसमिति गठन गरिएको छ । भूवनेश्वर उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समसामहिक प्रस्ताव उपसमिति गठन गरिएको छ । प्रेम बहादुर मल्लको संयोजकत्वमा ८ सदस्यीय खाद्यान्न आवास उपसमिति गठन गरिएको छ ।
उमेश बोहराको संयोजकत्वमा ५ सदस्यीय स्वास्थ्य उपसमिति गठन गरिएको छ । गठित उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसारको तयारी तीव्र रुपमा गरिरहेको जनाएको छ ।
जिल्ला अधिवेशनमा भूगोल र जनवर्गीय संगठनबाट ४ सय जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा ३ जना प्रतिनिधि छनोट हुँदा १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । खुलातर्फ १५ जना क्रियाशिल सदस्य बराबर १ जना, दलितमा १० क्रियाशिल सदस्य बराबर १ जना, जनवर्गीय संगठनबाट १ महिला अनिवार्यसहित ३ जना प्रतिनिधि चयन व्यवस्था रहेको जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए । बझाङमा नेकपा एमालेका ४ हजार ५ सय ७८ संगठित सदस्य रहेको समेत सचिव विश्वकर्माले बताए । अधिवेशन बझाङको सदरमुकाम चैनपुरको खुलामञ्चमा हुने भएको छ ।