२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

सन्धिखर्कका ७० जना असल बुहारी सम्मानित

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १९ गते २१:०२
सन्धिखर्कका ७० जना असल बुहारी सम्मानित

सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले  नगरपालिकाभित्रका ७० जना असल बुहारीहरुलाई सम्मान गरेको छ । नगरपालिकाका  १२ वटै वडामा ८७  वर्ष वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकाले वडाहरुको सिफारिसमा ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा होइन घरमै स्याहार सुसार गर्नुपर्छ भन्ने सन्देश दिन नगरपालिका ले असल बुहारीहरुलाई सम्मान गरेको  बताए ।

पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने खालको रचनात्मक काम नगरपालिकाले गर्दा बुहारीहरुको सम्मान भएको महसुस गरिएको सन्धिखर्ककी समाजसेवी सुशिला बन्जाडेले बताइन् ।

नगरपालिकाले वडाहरुसँगको समन्वयमा टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालन पालन, माया–ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले दाबी गरे ।

समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा  सासूससुरा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू–ससुरालाई राम्रो स्याहार सुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि असल बुहारी सम्मान कार्यक्रम लागू गरिएको नगर उपप्रमुख मिश्रा आचर्यले बताइन् । 

सन्धिखर्क १ की कल्पना केसीले घरका सासू–ससुरालाई राम्रो स्याहार सुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताइन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ की सम्झना पौडेलले भनिन्,‘कतिपय परिवारमा सासू–ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्ने छ ।’ पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी पार्वती बेसीले बताइन् । 

नगरपालिकाले वडाहरुसँगको समन्वयमा टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालन पालन, माया–ममता, स्याहार सुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise