२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

१५.९३ अंकले घट्यो नेप्से

ADV
मध्यान्ह
२०८१ मंसिर २० गते १५:२२
१५.९३ अंकले घट्यो नेप्से

काठमाडौंः आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २,७३४ को विन्दुमा कायम भएकाे हाे ।

आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर छ । योसँगै सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ८.३७ प्रतिशत र नेपाल फाइनान्स लिमिटेडको मूल्य ७.१५ प्रतिशतले घटेको छ । साथै खानीखोला हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशत र सुपर मादी हाइड्रोको मूल्य भने ९.९५ प्रतिशतले बढेको छ । 

यस्तै, आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएनको २९ करोड ३ लाख रुपैयाँ र एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise