२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दक्षिण भारतमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

Nada
२०८१ मंसिर २२ गते १४:४४
Shares
दक्षिण भारतमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको दक्षिणी राज्य तेलंगनामा शनिबार बिहान तालमा कार खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ।

ncell

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ ।

राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ । प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर