२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छ्न् : अध्यक्ष सिंह

ADV
मध्यान्ह
२०८१ मंसिर २२ गते २१:२५
सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छ्न् : अध्यक्ष सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरु थप अन्यायमा परेको उनको भनाइ छ । 

सिमेन्टको मूल्य वृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ । यसले निर्माण व्यवसायीहरू अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ ।’ यस्तै, उनले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्नेे बताए । 

यसैगररि निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधि पनि थप गर्नुपर्ने उनले बताए । ‘राष्ट्र बैंकले ऋणको साँवा र ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म थप गरेको थियो । तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेका छैनौं । त्यो अवस्थामा मंसिर भित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन । राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन । त्यो अवस्थामा मंसिर भित्र हामीले ऋण तिर्नुपर्ने दबाब छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise