२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मलेसियामा तलब वृद्धिसँगै महँगीको त्रास

shivam cement
२०८१ मंसिर २३ गते ०६:३०
Shares
मलेसियामा तलब वृद्धिसँगै महँगीको त्रास

काठमाडौं : मलेसियामा आगामी फेब्रुअरीदेखि हुने कामदारको न्यूनतम तलब वृद्विसँगै महँगी कति प्रतिशतले वृद्वि होला ? अहिले यो चर्चाको विषय बनेको छ । 

मलेसियामा कामदारको मासिक तलब न्यूनतम २३ सय मलेसियन रिंगेट हुनुपर्ने केही ट्रेड युनियनहरूको चर्को दबाबका बीच प्रधानमन्त्री अनवर इब्राहिमले सन् २०२५ को बजेट प्रस्तुत गर्दा आगामी फेब्रुअरीदेखि मासिक न्यूनतम तलब १७ सय रिंगेट हुने घोषणा गरेका थिए ।

हाल मलेसियामा प्रतिमहिना १५ सय रिंगेट न्यूनतम तलब छ । ५ जनाभन्दा कम कर्मचारी भएका रोजगारदाताका लागि ६ महिना ढिलो अर्थात् आगामी अगस्टदेखि न्यूनतम पारिश्रमिक लागू गर्न पाउने बजेटमा व्यवस्था गरिएको छ । 

न्यूनतम तलब वृद्वि १३ प्रतिशतभन्दा केही बढी छ । विश्लेषकहरूले कामदारको तलबमा १३ प्रतिशतभन्दा केही बढी वृद्वि भएपछि त्यसले कम्तीमा ५ प्रतिशत महँगी बढाउने अनुमान गरेका छन् ।

मलेसियाको जोहरबारुमा रहेको भारतीय मुस्लिम उद्यमी संघका सचिव हुसेन इब्राहिमले रेस्टुरेन्टहरूले जनवरीदेखि नै खानाको मूल्य कम्तीमा ५ प्रतिशतले बढाउने योजना बनाएका सार्वजनिक गरेका छन् ।

कच्चा सामानको मूल्य वृद्धि र फेब्रुअरीबाट लागू हुने नयाँ न्यूनतम पारिश्रमिकपछि थप मूल्य वृद्वि गर्न बाध्य हुने उनको भनाइ छ । विदेशी कामदारहरूलाई पनि कर्मचारी संचय कोष (ईपीएफ)मा जोड्नुपर्ने बाध्यताले व्यवसाय संचालन लागतमा थप वृद्धि गर्ने भएकाले मूल्य वृद्विको विकल्प नभएको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर