२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भारी अंकले घट्यो नेप्से

Nada
२०८१ मंसिर २३ गते १५:२३
Shares
भारी अंकले घट्यो नेप्से

काठमाडौंः साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार ४५.९३ अंकले घटेर २,६८९ को विन्दुमा कायम भएको हो । आज २७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर कूल्य घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। 

ncell

बजारसँगै ४ कम्पनीको शेयर मूल्य अधिक घटेको छ । आज मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेकाे हाे ।साथै सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशतले घटेको छ। खानीखोला हाइड्रोपावरको शेयर मूल्य भने आज सबैभन्दा धेरै बढेको छ । यो कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

समूहगत रुपमा लाइफ इन्स्योरेन्सको मूल्य ३.०७ प्रतिशत घटेको छ भने बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशतले घटेको छ ।

यस्तै, आज कारोबार समयभरिमा ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

ताजा खबर

सम्बन्धित खबर