काठमाडौंः श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।
ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताए ।
श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात (वस्तु तथा सेवा)बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताए । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।
सन् २०२४ को वार्षिक लक्ष्य १६ अर्ब ४ करोड डलर रहेको र श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा त्यो वार्षिक लक्ष्यको ८२ प्रतिशत हासिल गरेको उनले भने । (एजेन्सी)