२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

निर्माण सामग्रीको मूल्य वृद्धि, चौतर्फी फिर्ता गर्न माग

ADV
मध्यान्ह
२०८१ मंसिर २३ गते २०:५९
निर्माण सामग्रीको मूल्य वृद्धि, चौतर्फी फिर्ता गर्न माग

काठमाडौं : दशैं अगाडिसम्म ओपीसी सिमेन्टको मूूल्य प्रतिबोरा ६ सय २५ रूपैयाँ र पीपीसी सिमेन्टको मूूल्य प्रतिबोरा ५ सय २५ रूपैयाँ रहेको थियो । तर, पछिल्लो समयमा मूल्य बढेर ओपीसी सिमेन्टको प्रतिबोरा ७ सय ५० र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० रूपैयाँसम्म पुगेको छ । त्यस्तै, दुुई साताअघिसम्म प्रतिकिलो ९६/९७ रूपैयाँ रहेको छडको मूल्य पछिल्लो समयमा बढेर ११० रूपैयाँ पुगेको छ ।

वर्षायाम र ठूला चाडपर्व सकिएपछि निर्माण समयको सुरुवात भएसँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिको विषयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । खासगरी नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल निर्माण सामग्री व्यापार संघले विज्ञप्ति नै निकालेर निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोध गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले मंसिर १२ गते एक विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा भएको निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता नलिए ‘कन्ट्रक्सन होलिडे’ आह्वान गर्न बाध्य हुने बताएको थियो । त्यस्तै, २० गते नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि मंसिर २५ गतेभित्र फिर्ता गर्न भनेको छ ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिँहले सिमेन्ट मूल्य कृत्रिम हिसाबले बढेको भन्दै सो विषयमा सरकारले चासो दिनुपर्ने उनले बताए । ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै दुई सय रुपैयाँले बढेको छ, यसमा सरकारको ध्यान जान आवश्यक छ’, अध्यक्ष सिँहले भने । तर, निर्माणको समय सुरु भएको बेलामा भएको निर्माण सामग्रीको मूल्यवृद्धिको विषयलाई लिएर भने सरकारले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise