२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ताप्लेजुङमा सञ्चयकोषको घुम्ती सेवा

Nada
२०८१ मंसिर २४ गते २१:२४
Shares
ताप्लेजुङमा सञ्चयकोषको घुम्ती सेवा

ताप्लेजुङ : कर्मचारी सञ्चय कोषले ताप्लेजुङमा घुम्ती सेवा प्रदान गरेको छ । कोषको धनकुटा सेवाकेन्द्रले ताप्लेजुङ जिल्लालाई कार्यथलो भएका निजामती कर्मचारी, प्रहरी, शिक्षक, नेपाली सेनामा कार्यरत सञ्चयकर्ताहरूलाई सञ्चयकोषको घुम्तीसेवा प्रदान गरेको हो ।

ncell

कोषले घुम्ती सेवा केन्द्रमार्फत् डिजीटल परिचयपत्र वितरण, बेचालु खाता एकीकरण, भुक्तानी तथा छुट भुक्तानी, सुत्केरी तथा शिशु स्याहार सुविधा फाराम संकलन, सञ्चयकर्ता स्वास्थ्य उपचार शोधभर्ना फाराम संकलन, नयाँ परिचयपत्र नम्वर प्रदान लगायतका विभिन्न नौ प्रकारका सेवा प्रदान गरेको थियो । कोषको घुम्तीसेवा कार्यक्रमबाट १११७ जना सञ्चयकर्ता लाभान्वित भएको सेवाकेन्द्रका अधिकृत देवानन्द बैजनाथले बताए ।

सञ्चयकर्ता घुम्तिसेवा कार्यक्रममा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयका सहप्रशासक जीवनकुमार कटुवाल, विभागीय प्रमुख सुवाष खड्का र सागरकुमार सिंह समेतको सहभागितामा आम सञ्चयकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर