२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

महासंघको विधान संशोधन : अध्यक्षमा प्रत्यक्ष निर्वाचन, कार्यकाल दुई वर्ष

ADV
मध्यान्ह
२०८१ मंसिर २५ गते २१:१८
महासंघको विधान संशोधन : अध्यक्षमा प्रत्यक्ष निर्वाचन, कार्यकाल दुई वर्ष

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने विधानलाई संशोधन गरेको छ । महासंघको अध्यक्षका लागि प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्न विधान संशोधनको माग महासंघमा उठिरहेको थियो । 

मंगलबार महासंघले विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा विधान संशोधन गरेको छ । विधान संशोधनको लागि महासंघले पटक–पटक सो विषय बहसमा ल्याएको भएपनि संशोधन हुन सकेको थिएन । महासंघको विधानमा प्रत्यक्ष निर्वाचित अध्यक्ष, कार्यसमितिको कार्यकाल दुई वर्ष र जिल्ला नगर उपाध्यक्ष दुई जना हुने व्यवस्था गरेको हो । यस अघि महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था थियो । 

यस्तै कार्यसमितिको कार्यकाल ३ वर्ष र जिल्ला नगरको उपाध्यक्षमा एक जना हुने व्यवस्था थियो । महासंघमा अस्वच्छ प्रतिस्पर्धा भएको भन्दै पशुपति मुरारका अध्यक्ष  हुँदा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । त्यसपछि वरिष्ठ उपाध्यक्ष बनेका भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष बनेका हुन् । अब भने हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष बनेपछि नयाँ कार्यसमितिको लागि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ । मंहासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा विशेष साधारणसभाबाट विधान संशोधन गराएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise