काठमाडौं : फ्री भिसा फ्री टिकटको वैदेशिक रोजगारीममा राम्रो आम्दानी हुने भन्दै कुवेत पु¥याएर १ महिलालाई बेचबिखन गरेको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको जुगलका धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने टीकाराम तामाङलाई मानव बेचबिखन गरेको आरोपमा पक्राउ गरेको हो । उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङबाट दुबई हुँदै कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याइएको पीडितको दाबी छ ।
उनले आफूलाई कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गरिएको र यातना दिएको प्रहरी समक्ष दाबी गरेको प्रहरीले बताएको छ । कुवेती नागरिकको घरबाट भागेर प्रहरीको सम्पर्कमा गएकी पीडित महिलाले नेपाल फर्केर प्रहरीमा मानव बेचबिखन कसुरमा जाहेरी दिएकी थिइन् ।