२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

ADV
मध्यान्ह
२०८१ मंसिर २६ गते १०:५०
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई/दुई तथा हर्श ठाकरले एक विकेट लिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise