२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

ADV
मध्यान्ह
२०८१ मंसिर २६ गते १७:१८
रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ : रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

‘रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने ।

माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिएनन् ।

सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise