२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘मलेसिया नेपालमा बलियो सम्बन्ध बनाउन चाहन्छ’

shivam cement
२०८१ मंसिर २७ गते ०६:३०
Shares
‘मलेसिया नेपालमा बलियो सम्बन्ध बनाउन चाहन्छ’

काठमाडौं : नेपालका लागि मलेसियाली कार्यबाहक राजदूत मोहम्मद फिरदस आजमानले मलेसिया सरकारले नेपालमा जनस्तरको सम्बन्धलाई बलियो बनाउन चाहेको बताएका छन् ।

नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल ठूलो संख्यामा नेपालीले मलेसियामा काम गरिरहेका र आगामी केही महिनाभित्र हुने द्विपक्षीय श्रम संम्झौताको नवीकरणले दुवै देशको सम्बन्धलाई थप बलियो बनाउने बताए ।

मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारको स्रोत देशको रूपमा मान्यता दिएको छ । सन् २००३ को मार्चदेखि नेपाल र मलेसियाबीच सिधा हवाई उडान  सुरु भएको हो । 

मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक श्रम गन्तव्य भएको र साँस्कृतिक आदानप्रदान मार्फत जनस्तरमा सम्बन्ध बलियो बनाउने भन्दै कार्यबाहक राजदूत आजमानले मलेसियाले सन् २०२६ लाई भ्रमण वर्ष घोषणा गरेकाले उक्त मुलुक भ्रमण गरी साँस्कृतिक तथा पर्यटकीय आनन्द लिन पनि आग्रह गरे ।

आर्थिक हिसाबले पनि नेपालीहरूका लागि मलेसियामा उचित गन्तव्य रहेको उनले बताए । उनले नेपाली श्रमिकहरू निकै परिश्रमी र इमान्दार भएकाले मलेसियाली रोजगारदाताको विश्वास जितिरहेका उल्लेख गरे । 

मलेसियामा काम गरेर स्वदेश फर्किएर धेरै नेपाली कामदारले आफ्नो प्रयासमा साना तथा मझौला उद्यम गरी आफ्नो तथा परिवारको जीवनस्तरमा धेरै सुधार भएको बताए । उनले भने, ‘यो देख्दा मलाई निकै खुसी लाग्छ । नेपाली संचार माध्यमले त्यस्ता सफलताका कथाहरू लेख्नुपर्छ भन्ने मेरो आग्रह छ ।’

ताजा खबर

सम्बन्धित खबर