२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १५:२७
कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट

काठमाडौैंः साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार ३३.४२ अंकले घटेर २, ६८२ को विन्देमा कायम भएको छ । आज ४० कम्पनीको मात्रै मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ । योसँगै जानाकी फाइनान्सको मूल्य १०, इङवा हाइड्रोपावरको ६.४ र इमर्जीङ नेपालको मूल्य ६.२ प्रतिशतले घटेको छ । 

समूहगत रुपमा उत्पादन समूहको मूल्य ०.३८ प्रतिशत, बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशतले घटेको छ ।

्यस्तै, आज ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोडको भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise