२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

जर्जिया पठाउने भन्दै ठगी गर्ने १ पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते ०८:०७
जर्जिया पठाउने भन्दै ठगी गर्ने १ पक्राउ

काठमाडौं : आकर्षक तलबको वैदेशिक रोजगारीमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

झापाको गौरादह नगरपालिका– १ का ३६ वर्षीय सुदीप घिमिरेले वैदेशिक रोजगारीमा जर्जिया पठाउने भन्दै १ जनाबाट १२ लाख १० हजार लिई फरार रहेकोे उजुरी परेको प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ गरेको बताएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise