२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

एक्सिस ब्यान्डसहित चर्चित ऱ्यापर डिनएक्सले कतारमा प्रस्तुति दिँदै

Nada
तिलु शर्मा पौडेल
२०८१ मंसिर २८ गते १३:०१
Shares
एक्सिस ब्यान्डसहित चर्चित ऱ्यापर डिनएक्सले कतारमा प्रस्तुति दिँदै

दोहा, कतार : नेपाली सांगीतिक जगत तथा पप जगतको पुरानो र स्थापित "एक्सिस ब्यान्ड" कतार आउने भएको छ । ब्यान्डसँगै युवा पुस्तामा रुचाइएका चर्चित ऱ्यापर डिनएक्स दिनेश पनि कतार आउने भएका छन् । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा रहेको ‘प्लानेट लन्ज एन्ड क्लब’ले कतारको राष्ट्रिय दिवसको अवसर पारेर डिसेम्बर १८ तारीक आयोजनाको घोषणा गरेको सांगीतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन ल्यान्ड र दिनेश कतार आउने भएका हुन् ।

ncell

केही नेपाली व्यवसायी सञ्चालनमा ल्याएको उक्त क्लबमा दोस्रो पटक नेपाली इभेन्टको आयोजना गर्न लागिएको हो । लाइभ ब्यान्डका साथमा आफ्ना चर्चित गीतहरू एक्सिसले गाउनेछ भने दिनेशले आफ्ना हिट ऱ्याप प्रस्तुत गर्नेछन् । सांगीतिक प्रस्तुति दिन ब्यान्डसहित ऱ्यापर यही महिनाको १६ तारिक कतार आउँदैछन् । दिनेशले १९ र २० तारिकमा भने एसियाना दोहोरी साँझ तथा गजल बारमा समेत प्रस्तुति दिनेछन् । 

कार्यक्रममा जोडी प्रवेशका लागि १ सय ३०,  पुरुषका लागि एक सय र महिलाका लागि पचास कतारी रियाल शुल्क कायम गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले प्रत्येक टिकटमा कार्यक्रम स्थलमा "कम्पिलिमेन्ट्री ड्रिङ्क्स" निःशुल्क उपलब्ध गराइने बताए । कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए ।

नेपाली कला, गीत, संगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थितिका लागि क्लब सञ्चालकले अनुरोध गरेका छन् । थप जानकारीका लागि कार्यक्रम संयोजक लाई ७०६६५६४४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर