२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

बीवाईडी एम सिक्सको बुकिङ खुला

shivam cement
२०८१ मंसिर २८ गते २१:१२
Shares
बीवाईडी एम सिक्सको बुकिङ खुला

काठमाडौं : बीवाईडी एम सिक्सको बुकिङ खुला भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एम सिक्सको बुकिङ खुला भएको जनाएको हो । कम्पनीकाअनुसार बुकिङ गर्नेहरूले १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

बीवाईडी एम सिक्स नेपालकै पहिलो ७ सिटर एमपीभी हो । यसको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ रहेको छ । गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुने जनाइएको छ ।

कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम सिक्स उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको कम्पनीले उल्लेख गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर