२०८१ माघ ३ गते बिहिवार / Jan 16 , 2025 , Thursday
२०८१ माघ ३ गते बिहिवार
Ads

मुस्ताङमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन सुरु

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते २१:१३
मुस्ताङमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन सुरु

काठमाडौं : भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–४ जोमसोममा कम्पनीले उक्त चार्जिङ स्टेसनको सुरुवात गरेको हो । उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरे ।

उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छ । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो ।

ADVADV

सम्बन्धित खबर

Advertise