२०८१ माघ ३ गते बिहिवार / Jan 16 , 2025 , Thursday
२०८१ माघ ३ गते बिहिवार
Ads

जेएम ईभी जीएसइ गाडी नेपालमा उपलब्ध

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते २१:१५
जेएम ईभी जीएसइ गाडी नेपालमा उपलब्ध

काठमाडौं : नेपाली बजारमा जेएम ईभी जीएसइ इलेक्ट्रिकल गाडी भित्रिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच शौर्य अटोमोबाइल्स प्रालिले जेएम ईभी जीएसइ इलेक्ट्रिकल गाडी सार्वजनिक गरेको हो ।

जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित जीएस इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब रहेको कम्पनीले जनाएको छ ।

सन् २०१५ मा स्थापना भएको जेएमइभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट इभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रेनो समूहले जेएमईभी मा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको उत्पादक कम्पनीको दाबी छ ।

सो गाडीमा ४९ किलोवाट आवर को ब्याट्री क्षमता, ९९ किलो वाट मोटर आउटपुट, रेज ४२० किमी रहेको छ । त्यसैगरी १७० मिमी ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मूनरुफ, सुरक्षालाई थप मजबुत बनाउन ३६० डिग्रीको एभिएम भिजुअल सिस्टम, मिशेलिन हाओयु ४ म्युट टायरहरू रहेको कम्पनीको भनाइ छ । सो गाडीको नेपाली मूल्य ५३ लाख ९९ हजार रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise