काठमाडौं : आकर्षक तलबसहितको वैदेशिक रोजगारीमा दुबई पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका– ६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई पक्राउ गरेको हो ।
४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले चित्रकारविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा चित्रकारलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चित्रकारलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि अनुसन्धान तथा अभियोजनका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।