२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

ADV
मध्यान्ह
२०८१ मंसिर २९ गते १५:५०
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट निलम्बित भएका छन् ।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै  मार्शल ल लागू भएको घोषणा गरेका थिए । 

तर विपक्षी र आफ्नै पार्टीका सांसदहरूको समेत व्यापक विरोधमा उनले सो निर्णय ६ घण्टाभित्रै फिर्ता लिनुपरेको थियो । त्यसपछि उनीमाथि विपक्षीहरूले महाअभियोग लगाएका हुन् ।  अब प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise