काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेसगै शीर्ष स्थानमा रहँदै मछिन्द्र क्लब च्याम्पियन बनेको हो ।
मछिन्द्रलाई जित दिलाउन आर्मीले गरेको आत्मघाती गोलनै पर्याप्त बनेको थियो । खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको थियोे । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिनत भएको थियो ।
मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए ।
२० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए । बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए । खेलको ५० औं मिनेटमा मछिन्द्रले गोल गर्ने अवसर पाए पनि सकेन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies