२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

राहदानी प्रतिलिपिमा नयाँ शुल्क

hardik ivf
२०८१ पुष १ गते ०६:२५
राहदानी प्रतिलिपिमा नयाँ शुल्क

रियाद : नेपाली राजदूतावास साउदी अरेबियाले १ पुस सोमबारदेखि राहदानीको प्रतिलिपि बनाउन नयाँ शुल्क तोकिएको बताएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै १ पुस अर्थात् सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि ३०० साउदी रियाल (करिब ९ हजार रुपैयाँ) र ६६ पृष्ठको राहदानीका लागि ६०० साउदी रियाल (करिब १८ हजार रुपैयाँ) राजस्व दस्तुरबापत बुझाउनुपर्ने बताएको छ ।

राहदानी हराएमा, पाना च्यातिएमा, केरमेट भएको जस्ता कारणले नयाँ राहदानी बनाउने गरिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise