काठमाडौं : कुवेतको निर्माणस्थलमा पुरिएर ज्यान गुमाउने सबै नेपालीको सनाखत भएको छ । गत बुधबार कुवेतको अलमुत्ला क्षेत्रमा ढल निर्माणका क्रममा बालुवा र ग्राभेलको थुप्रोमा पुरिएर ६ नेपालीको ज्यान गएको थियो ।
घटनामा सिराहाका गंगाराम चौधरी, पाल्पाका एक बहादुर गाहा, दाङका श्यामनारायण चौधरी र ताप्लेजुङका वसन्त गुरुङसहित ४ जनाको सनाखत भए पनि बाँकीको हुन को हुन् भन्ने खुलेको थिएन । कुवेतस्थित नेपाली दूतावासका अनुसार, ज्यान गुमाउने अन्य दुई नवलपरासीका पूर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगर भएको खुलेको छ । सोही घटनामा परी घाइते दुई जना भने उपचारपछि कम्पनी फर्किएका छन् । घाइते धर्मेन्द्र कुमार साह र मनोरथ मण्डल उपचारपछि कम्पनी फर्किएका हुन् ।
पछिल्लो समय निर्माणलगायतका क्षेत्रको रोजगारीमा जाने नेपालीहरू असुरक्षित बन्दै गएका छन् । गत आर्थिक वर्षमा मात्रै कैयन्ले कार्यक्षेत्रमा भएको दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्ता घटना बढ्न थालेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षामा ध्यान दिन सरोकारावालाहरूले सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले घटनालगत्तै विज्ञप्ति जारी गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies