काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसिसी’ आयोजना नेपालको हितमा रहेको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए ।
एमसिसी संसदमा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने अध्यक्ष थापाको भनाइ छ । अध्यक्ष थापाले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको पनि उल्लेख गरे ।
विगतमा अस्थिरताबाट जनता वाक्क भएकाले सरकार ढाल्ने कुरामा जनताको रुचि नभएको उनको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको पनि दोहोेर्याए । राजा र राजसंस्थालाई बिवादमा तान्न नहुने उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies