काठमाडौं : गणेश पाण्डेको निर्देशनमा बनेको डकुमेन्ट्री फिल्मलाई माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा सोमबार सम्पन्न तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा पाण्डेको निर्देशनमा बनेको को–हजबेण्ड (सहायक श्रीमान) लाई एक हजार डलर रुपैयाँ पुरस्कार राशीको सगरमाथा अवार्ड प्रदान गरिएको हो ।
अवार्ड जितेपछि निर्देशक पाण्डेले सबैप्रति आभार प्रक गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत फिल्मलाई उत्कृष्ट बनाउन सहयोग गर्ने अन्तर्राष्ट्रिय जुरी, सम्पूर्ण दर्शक र आयोजकलाई धन्यवाद दिएका हुन् ।
बहुपति प्रथामा आधारित निर्माण गरिएको को–हजबेण्ड कर्णाली प्रदेशको हुम्लाका विभिन्न ठाउँमा छायांकन गरिएको हो । उक्त डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाईहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ । डकुमेन्ट्रीमा देखाइए अनुसार सो क्षेत्रका अधिकांश तामाङ समुदायमा सबै दाजुभाईले एउटै श्रीमती विवाह गरेता पनि जेठो दाजु बाहेक अन्य भाईहरुले आफ्नो श्रीमतीलाई भाइजु भन्ने चलन छ । सो डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहि आएको बहुपति प्रथाको यथार्थलाई चिरण गरेको छ ।
उक्त डकुमेन्ट्री तीनवटा परिवारमा केन्द्रित रहेको निर्देशक पाण्डेले बताए । तीनै परिवारका पात्रमध्ये एक हुन् सांसद छक्क बहादुर लामा । सांसद लामा बहुपति प्रथाबाट पीडित छन् । यो प्रथाको विरोध गरेकै कारण उनी आफ्नो समाजबाट पनि बहिष्कृत छन् ।
निर्देशक पाण्डेले निर्माण गरेको पहिलो डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ पनि निकै चर्चित बनेको थियो । ‘भाग्यले बाँचेकाहरु’ मा २०७२ को भूकम्पमा परि बाँच्न सफल भएकाहरुको कथालाई प्रस्तुत गरिएको छ ।
टर्कीको डकुमेन्ट्री फिल्म ट्रयापले गौतमबुद्ध अवार्ड जितेको छ । १५ सय डलर पुरस्कार राशीको गौतमबुद्ध अवार्ड जितेको हो । चलचित्र बुलबुले एक सय डलर पुरस्कारसहित वेष्ट फिचर फिल्म तर्फ नेशनल अवार्ड जितेको छ । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले वेष्ट लिडिङ रोल अवार्ड जितेका छन् ।
प्रविन कुमार राउतको निर्देशनमा बनेको सर्ट फिल्म कलमले ४० हजार राशी पुरस्कारसहित वेष्ट सर्ट फिल्म अवार्ड जितेको छ । फिचर फिल्म तर्फ विनोद पौडेलले उत्कृष्ट निर्देशनको अवार्ड जितेका छन् । फागुन १ गेतदेखि सुरु भएको तेस्रो निफ्फ फेस्टिभल सोमबार सकिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies