२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

श्रम मन्त्रालयमा भएको छलफलप्रति संघ आशावादी

ADV
२०८१ असार ८ गते ०७:०५
श्रम मन्त्रालयमा भएको छलफलप्रति संघ आशावादी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान नभएका विषयहरुमा समाधान खोज्न अग्रसर भएको बताएको छ ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको कार्यकक्षमा पूर्वश्रम मन्त्रीहरु, सचिव तथा सम्बन्धित निकायका विभागीय प्रमुखहरुबीच भएको विशेष छलफलमा मन्त्री अर्यालले लामो समयदेखि रहेका समस्याहरुको सकेसम्म छिटो समाधान दिने बताएका छन् ।

संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार सो अवसरमा सेवा शुल्क र कामदारको लागत निर्धारण, वार्षिक सय जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्थाको पूर्णकालीन अन्त्य, मागपत्र प्रमाणीकरणमा सहजीकरण, संगठित क्षेत्रमा महिला तथा घरेलु कामदार पठाउन पाउने स्पष्ट नीति, समयसापेक्षरुपमा वैदेशिक रोजगार ऐन २०६४ मा परिमार्जनलगायत नीतिगत तथा व्यावहारिक समस्याको समाधानलगायत आधा दर्जन बढी विषयमा छलफल भएको थियो । छलफलमा सुधार र कानूनी अड्चनका लागि मन्त्री अर्यालले यसअघिभन्दा लचिलो दृष्टिकोण राखेको उनले बताए ।

बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मागपत्र प्रमाणकिरण, श्रम स्वीकृति र फ्रि भिसा फ्रि टिकटमा बेथिति रहेको भन्दै नीति सुधारका लागि पनि काम भइरहेको बताएका थिए । शुक्रबारको छलफलमा मन्त्री अर्यालले समस्या पालेर नबस्ने भन्दै सकेसम्म चालु आर्थिक वर्ष नभए साउनको पहिलो हप्ताभित्र धेरै निर्णय गरिसक्ने बताएको पनि महासचिव भुर्तेलले जानकारी दिए । 

छलफलमा संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक पार्टीका घटक तथा शुभेक्षुक संघ संस्थाका प्रतिनिधि, क्षेत्रीय, भेगीय, जातीय संघ संस्थाका प्रतिनिधिहरु,  संघका पूर्वअध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु एवम् सदस्यहरु, संघका सल्लहकारहरु,  अग्रज व्यवसायीहरु सहभागी रहेका थिए ।

संघले मन्त्रालयमा भएको अन्तरङ्ग छलफलको परिणामस्वरुप निकट भविष्यमा स्पष्ट नीति सार्वजानिक हुने अवस्थामा आम व्यवसायीहरु एकीकृत भएर अझ बढी परिणाममूखी नतिजातर्फ उन्मुख हुने क्रियाकलापमा सहभागी हुनुपर्ने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise