एजेन्सी : कोरोना भाइरसको सङ्क्रमण इरानमा दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा कोरोना संक्रमणको पहिलो घटना बाहिर आएको हो । इरानी स्वास्थ्य मन्त्रालयले संक्रमणका कारण दुई जना पाका उमेरमा मानिसको मृत्यु भएको पुष्टि गरेको हो ।
दक्षिण तेहरानको कोम शहरमा उनीहरुको मृत्यु भएको इरानका स्वास्थ्यमन्त्रीका सल्लाहकार अलिरेजा विहावजादाले बताए । भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण हालसम्म चीनमा २ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ ।
७४ हजार ५ सय ३४ संक्रमित भएका छन् । बुधबारमात्रै १ सय ८ जनाको मृत्यु भएको छ । बुधबार २ हजार १ सय १२ जनामा संक्रमण भेटिएको छ । तिमध्ये वुहानमा मात्रै संक्रमित हुनेको संख्या ३ सय ४९ रहेको छ । यो सक्रमण फैलिए यताकै न्युन संख्या हो ।
यसैबीच जापानको पानीजहाजमा क्वारेन्टाइनमा राखिएका आफ्ना देशका १ सय ८० नागरिकलाई उद्धार गरेको छ । जहाजमा रहेका ६ सय २१ जनामा संक्रमण देखिएको छ । यो संख्या चीन बाहिर संक्रमण हुने अहिलेसम्मकै धेरै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies