२०८१ पुष ६ गते शनिवार / Dec 21 , 2024 , Saturday
२०८१ पुष ६ गते शनिवार

वैदेशिक रोजगारीका क्रममा १० वर्षमा १० हजार बढी नेपालीको मृत्यु

ADV
मध्यान्ह
२०८१ पुष २ गते १७:०५
वैदेशिक रोजगारीका क्रममा १० वर्षमा १० हजार बढी नेपालीको मृत्यु

काठमाडौंः आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक गरेको हो । 

तथ्यांक अनुसार यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अंगभंग भइ स्वदेश फर्किएका छन् । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ । अघिल्लो वर्ष २०२२–०२३ मा यो संख्या १ हजार २०८ मात्र थियो । जसमा ४५ महिला र १ हजार १६३ पुरुष थिए ।

सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९ र २०२१/२२ मा एक हजार ४७९ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको तथ्यांक छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise