२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरगंज महानगरको नीति :‘वैभव वीरगंज’ को परिकल्पना साकार पारिने 

ADV
आबिद हुसेन
२०८१ असार ८ गते १४:०७
वीरगंज महानगरको नीति :‘वैभव वीरगंज’ को परिकल्पना साकार पारिने 

वीरगंज : वीरगंज महानगरपालिकाले ‘वैभव वीरगंज’ को परिकल्पना साकार पार्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आजबाट शुरू भएको महानगरको १५ औँ नगरपरिषद्मा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

प्रस्तुत नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत, समृद्द र वैभवशाली वीरगंज निर्माण गर्ने संकल्प र समस्त वीरगंजवासीको चाहनाबमोजिम वीरगंजलाई सुन्दर, समुन्नत र समृद्द बनाइने उल्लेख छ ।  

प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वनले स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगंज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा वीरगंजलाई विकसित गर्ने कार्यमा सघाउ पुर्याउने विश्वास लिएको सिंहले बताए ।  

यस्तै आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू विन्दवासिनीमाई मन्दिर, पिपराको नृसिङ मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य अगाडि बढाउने तथा अन्य मठ मन्दिरको आवश्यकताअनुसार पुनः निर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

महानगरपालिकाको नीति तथा कार्यक्रमले पर्यटन प्रवर्द्धन र आन्तरिक आय बृद्धिका लागि वीरगंज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्कसहितको ताल निर्माण गर्ने, वीरगंज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक नीजि साझेदारी र दातृ निकायसँगको समन्वयमा आधुनिक हरितपार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता दिएको छ । 

यस्तै वीरगंजलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ । बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकता दिँदै यहाँ रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति लिएको छ ।  

नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise