२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गौरीशंकर गाउँपालिकाको नवज्योति आधारभूत विद्यालय सर्वोत्कृष्ट घोषित

ADV
राजकुमार भुजेल
२०८१ असार ८ गते १८:१८
गौरीशंकर गाउँपालिकाको नवज्योति आधारभूत विद्यालय सर्वोत्कृष्ट घोषित

दोलखा : गौरीशंकर गाउँपालिकास्थित सुरीमा रहेको नवज्योति आधारभूत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित भएको छ । आधारभूत शिक्षा परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याएको आधारमा विद्यालय सर्वोत्कृष्ट ठहरिएको हो ।

शुक्रबार गाउँपालिकाले एक कार्यक्रमका बीच उत्कृष्ट ठहरिएका विद्यालय, विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावकलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।

नतिजाका आधारमा जुगुमा अवस्थित निलकण्ठेश्वर मावि दोस्रो र खारेमा अवस्थित खारे मावि तेस्रो भएको छ । यस्तै, सर्वोत्कृष्ट विद्यार्थीतर्फ निलकण्ठेश्वरमा अध्ययनरत सकिल कार्की प्रथम, हलेश्वर माविका विज्ञान खड्का दोस्रो र निलकण्ठेश्वर माविकै सिताराम खत्री तेस्रो भए ।

त्यसैगरी उत्कृष्ट शिक्षकमा नेपाली विषयतर्फ सुशीला खड्का, अंग्रेजी विषयतर्फ तारा बहादुर थापा, सामाजिक शिक्षामा सुनिता खत्री, विज्ञान तथा प्रविधि शिक्षामा कुशुम तामाङ, स्वास्थ्य तथा शारीरिक शिक्षाअन्तर्गत उद्धव खड्का र कम्प्युटरतर्फ सुवास विश्वकर्मा उत्कृष्ट घोषित भए ।

कार्यक्रममा १७ बुँदे प्रधानाध्यापक कार्यसम्पादन सम्झौता हस्तान्तरण पनि गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise