२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जापानमा नर्सिङ हेरचाह सुविधाहरुको मापदण्ड लचिलो बनाइँदै

ADV
जीपी लामिछाने
२०८१ असार ९ गते ०६:४०
जापानमा नर्सिङ हेरचाह सुविधाहरुको मापदण्ड लचिलो बनाइँदै

टोकियो : जापानको कल्याण मन्त्रालयले बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न सन् २०२५ देखि नै विदेशी प्राविधिक प्रशिक्षार्थीहरुलाई रोजगारी दिन नर्सिङ हेरचाह सुविधाहरुको मापदण्डलाई सहज बनाउने योजना बनाएको छ ।

हाल तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका नर्सिङ केयरले मात्रै जापानको प्राविधिक इन्टर्न ट्रेनी कार्यक्रमअन्तर्गत विदेशी कामदारलाई काममा लगाउन सक्ने व्यवस्था छ । जापानको कल्याण मन्त्रालयको योजनाअनुसार अब तीन वर्षदेखि सञ्चालनमा नआए पनि विदेशी कामदार लिन पाउने सुविधा दिइनेछ ।

तीन वर्षभन्दा यता स्थापना भएका सञ्चालकहरुले विदेशी कामदारका लागि तालिम सञ्चालन गर्नेजस्ता निश्चित सर्तहरु पूरा गरेमा विदेशी प्रशिक्षार्थीहरुलाई काममा लगाउन अनुमति दिइनेछ । 

जापानले घर–घरमा पुगेर नर्सिङ केयर सेवाहरु प्रदान गर्न सक्ने विदेशी कामदारहरुको क्षेत्रलाई फराकिलो बनाउने योजना पनि बनाएको छ । त्यसमा प्राविधिक प्रशिक्षार्थीहरु, तोकिएको सीपको भिसा भएका कामदारहरु र जापानसँग आर्थिक साझेदारी सम्झौता भएका देशहरुबाट केयर गिभर लिइने जापानी समाचारपत्रहरुले उल्लेख गरेका छन् ।

हाल नर्सरी हेरचाहको भिसा भएका व्यक्तिहरु र जापानसँग ईपीए भएका देशहरुका रजिस्टर्ड कामदारहरुलाई मात्र घर–घरमा पुगेर हेरचाहमा संलग्न हुन अनुमति दिइने द जापान न्यूज/एएनएनले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise