२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

‘देश विकासमा कांग्रेसको भूमिका महत्वपूर्ण’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष ११ गते २२:०३
Shares
‘देश विकासमा कांग्रेसको भूमिका महत्वपूर्ण’

अर्घाखाँची : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सन्जय गौतमले कांग्रेसले जति देश विकासमा महत्वपूर्ण भूमिका अरु पार्टीले नखेलेको बताएका छन् । 

ncell

१०० दिने अभियान अन्तर्गत छत्रदेवले  रासिप भवनमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको दाबी गरे । 

गौतमले भने, ‘७५ वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको हुन सक्छ, तर पनि  समग्रमा जनताले  मूल्यांकन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिका लागि कांग्रेसले जे जति काम गरेको छ, अरु कुनै पनि पार्टीले त्यति काम गरेको छैन ।’

निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाकोविरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएकोले  कांग्रेसको नेतृत्वमा विकास निर्माणका काम भएको उनले बताए । 

गौतमले भने ‘संविधान सभाको विषय २००७ सालमै कांग्रेसले उठाएको कुरा हो । पहिलो पटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो कांग्रेसकै पहलमा भएको हो ।’

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका  सहमहामन्त्री बिष्णु प्रसाद खनालले कांग्रेसको  नेतृत्वमा हरेक खालका आन्दोलन सफल भएको र कांग्रेसको नेतृत्वमा विकास निर्माणका कामहरु भएको तर कांग्रेस नेता कार्यकर्ताले त्यसको प्रचार–प्रसार गर्न नसकेको बताए । 

कार्यक्रममा  नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले गाउँ–गाउँमा गएर एकजुट भइ संगठन विस्तार एवं सुदृढीकरणमा लाग्न अगुवा कार्यकर्ताहरुलाई  निर्देशन दिए । 

सभापति श्रेष्ठले  पार्टीमा आफूबाट भएका कमजोरी सच्चाउँदै अघि बढ्न अनुरोध गर्दै गाउँटोलमा पार्टी अगुवा कार्यकर्ताले गल्ती गरेको भए त्यसबारेमा जिल्ला पार्टीलाई जानकारी गराउन आग्रह गरे । 

सभापति श्रेष्ठले  भने, ‘पार्टीमा सबै नेताहरु सानो होस् वा ठूलो आफ्ना गल्ती सच्चाउनपर्छ । पार्टीभित्र मैले गल्ती गरेको छु र कमीकमजोरी भएका छन् भने सुधार गर्न तयार छु  ।’

कार्यक्रममा  नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सभापति कमल प्रसाद भुसालले सबै नेता कार्यकर्ताहरु संगठन निर्माणमा होमिएको बताउँदै सबैको घरदैलोमा पुगेर संगठलाई चलाएमान बनाउने बताए । 

कार्यक्रममा  नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य शान्ता भण्डारी, अर्घाखाँचीका उपसभापति बिष्णुप्रसाद भुसाल, सचिव कृष्णप्रसाद खनाल, अच्युत गौतम,   सहसचिव कमल पौडेल, मेघराज पाण्डे, नेपाली कांग्रेसका महासमिति सदस्य लेखनाथ पोख्रेल,  डाक्टर मुक्ति श्रेष्ठ, महासमिति सदस्य पूर्व सांसद निर्मला क्षेत्री र महासमिति सदस्य पिताम्वर  खनाल लगायतले मन्तव्य राखेका थिए । 

ताजा खबर

सम्बन्धित खबर