२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

गाडीले ठक्कर दिँदा मलेसियामा एक नेपालीको मृत्यु

draupadi film
तिलोचन गौतम
२०८१ पुष १५ गते १०:३४
गाडीले ठक्कर दिँदा मलेसियामा एक नेपालीको मृत्यु

क्वालालम्पुर : मलेसियामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । गत मंगलबार राती काम सकेर कोठामा फर्किर्दै गर्दा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मयाङका ३५ वर्षीय पूर्णबहादुर ठकुरीको मृत्यु भएको हो ।

मृतक ठकुरीको शव पोष्टमार्टको लागि केलाङमा रहेको क्लाङ हस्पिटलमा राखिएको छ । सनाखत भइसकेको र परिवारसमेत राजदूतावासको सम्पर्कमा रहेकोले आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर शव नेपाल फर्काउने तयारी भइरहेको दूतावास श्रोतले जानकारी दिएको छ ।

ठकुरी मलेसियाको पोट्कलाङ पाण्डामारन नजिकै एक कम्पनीमा अबैधानिक रुपमा काम गर्दै आएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise