काठमाडौं : कोरोना संक्रमणका कारण विश्वभर शेयर बजारले ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी ब्यहोरको देखिएको छ । सन् २०२० को पहिलो तीन महिनामा विश्व शेयर बजारमा ठुलो गिरावट आएको हो ।
डाउ जोन्स र लण्डनको एफटिएसइ शेयर बजारमा सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको छ । पहिलो त्रैमासिकमा यि बजारले क्रमशः २३ र २५ प्रतिशत नोक्सानी ब्यहोरेका छन् ।
एस एण्ड पी शेयर मार्केटले पनि बीस प्रतिशतको नोक्सानी ब्यहोरेको छ । यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन तथा सेल्फ आइसोलेसनका उपाय अपनाएपछि त्यसको असर शेयर बजारमा परेको हो । अर्थशास्त्रीहरुले विश्वको अर्थतन्त्रमा कोरोना संक्रमणको असर आर्थिक संकट भन्दा भयावह हुने चेतावनी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies