२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

कविता खत्रीको 'नमस्ते ढोगदिया' गीत बजारमा

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष १७ गते १९:२४
कविता खत्रीको 'नमस्ते ढोगदिया' गीत बजारमा

दोहा, कतार : सुदूरपश्चिममा आफू भन्दा गन्यमान्यको आदर सत्कारमा प्रयोग हुने शब्द हो ढोगदिया । पछिल्लो समय एक महिलाले टिकटकमा यही शब्द प्रयोग गरेर भिडियो अपलोड गरेपछि यो शब्द भाइरल हुन पुग्यो । त्यही भाइरल ढोगदिया शब्दलाई रमेश परियारले प्रेमिल शब्द जालमार्फत 'नमस्ते ढोगदिया' गीत सिर्जना गरेका छन् ।

परियारले नै संगीतबद्ध गरेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् ।  कविता खत्री र खेम सेन्चुरीले आवाज भरेको गीतमा लगानी गायिका खत्रीले नै गरेकी हुन् । गायिकाको आफ्नै युट्युब च्यानलमार्फत बुधबार रिलिज गरिएको गीतको भिडियोमा पुष्पबहादुर खड्का र उषा उप्रेतीको आकर्षक नृत्य हेर्न सकिन्छ ।

अजय रेग्मीले खिचेको भिडियो अशोक विकले निर्देशन गरेका हुन् ।  प्रविन भट्टले भिडियोको सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रङ भरेका हुन् । ओखलढुंगामा जन्मिएकी गायिका खत्रीका करिब एक दर्जन गीत बजारमा छन् । उनका 'देउ न त्यो मन', 'बिहे अघि दिन्न म', 'बिउ खायो चल्लैले', 'तीन पाने' लगायतका गीतहरू चर्चामा छन् ।


ADVADV

सम्बन्धित खबर

Advertise