एजेन्सी : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानका विभिन्न शहरमा आपतकालीन अवस्था घोषणाको तयारी थालिएको छ । प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको तयारी गरेका हुन् ।
जापानले टोकियो तथा ओसाकासहितका ठूला शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणा गर्न लागेको छ । नागरिकहरुलाई घर भित्रै बस्न विशेष निर्देशन जारी गर्ने तयारी पनि गरेको छ ।
पुरै देशभर भने आपतकालीन अवस्था घोषणा नहुने बताइएको छ । अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गर्नका लागि निर्देशन दिन सक्ने बताइएको छ ।
जापानमा कोरोना भाइरसका कारण ८५ जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म ३६ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । भाइरस फैलनबाट रोक्न विभिन्न कोसिसका बीच जापानमा संक्रमितको संख्या लगातार बढिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies