काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी १७ औं गभर्नर हुन् । अधिकारी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् ।
अर्थमन्त्री डाक्टर युवराज खतिबडा संयोजक रहेको समितिले तीन जनाको नाम सिफारिस गरेकोमा सरकारले अधिकारीलाई मुलुकको केन्द्रीय बैंकको जिम्मेबारी दिने निर्णय गरेको हो । अधिकारी अर्थमन्त्री युवराज खतिवडाले महाप्रसाद अधिकारीको रोजाइमा परेका ब्यक्ति हुन् । सिफारिस समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटा सदस्य थिए ।
गभर्नरका लागि राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाई सिफारिस गरेको थियो ।
गएको चैत पाँच गते डाक्टर चिरञ्जिवी नेपालले अवकाश पाएपछि राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies