२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

कतारमा गुञ्जिँदै कन्दरा ब्यान्ड

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष २२ गते १९:१४
कतारमा गुञ्जिँदै कन्दरा ब्यान्ड

दोहा, कतार : नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो १७ जनवरीमा कतारको ‘प्लानेट लन्ज एन्ड क्लब’मा दिने सांगीतिक प्रस्तुतिका लागि तयारी अन्तिम चरणमा पुगेको छ । कन्दराले आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसरमा ‘पहिला घरदेखि अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको छ ।

कन्दराका ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता गीत प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौं शुभचिन्तक र दर्शकको रोजाइमा छन् । क्लबका संचालक प्रविण गुरुङले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत संगीत प्रवद्र्धनमा सरिक बन्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रवेशका लागि भीआइपी १००, पुरुष ७० र महिलाका लागि ३५ कतारी रियालको टिकट लाग्नेछ भने भीआइपी टेबलका लागि पूर्व बुकिङसमेत खुला गरिएको र पूर्व बुकिङ गर्नेका लागि विशेष छुट मिल्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए ।

अर्यालले कार्यक्रमका लागि क्लबको ढोका साँझ ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । दोहाको मुटु मुग्लिनामा रहेको भीआइपी होटलको मीजाइनिन फ्लोरमा रहेको क्लबमा कन्दराको प्रस्तुति सुरु हुनुपूर्व इन हाउस ब्यान्ड ‘मुन वाकर्स’को धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise