२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

महँगियो यात्रा

ADV
छबि सापकोटा
२०८१ पुष २३ गते ०६:४०
महँगियो यात्रा

काठमाडौं : सोमबारदेखि सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ३ दशमलव ३० प्रतिशतले बढाएको हो ।

पहाडी बाटोमा संचालन हुने मालबाहक सवारी साधनको भाडामा ० दशमलव ८१ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा ० दशमलव ०५ प्रतिशत भाडा समायोजना गरिएको विभागले जनाएको छ । विभागले यस अघि ३१ साउन २०८० मा अर्थात् १७ महिनाअघि भाडा समायोजन गरेको थियो ।

विभागले सार्वजनिक यातायातको भाडा दर निर्धारण गर्दा इन्धनको भार ३५ प्रतिशत र अन्य सूचकहरूको भार ६५ प्रतिशत अधारमानि भाडा दर समायोजन गरेको हो । २७ असार २०७८ को मन्त्रीस्तरीय निर्णय गरी २९ असारमा भाडा दर समायोजन गरिएको थियो । त्यसपछि इन्धनमा भएको ५ प्रतिशतको मूल्य घटी वा बढी हुँदा भाडा दर समयोजन गरिएको थियो ।

यस्तै, अन्तिम पटक ३१ साउन २०८० मा भाडा दर समायोजन गरिएको थियो । भाडा निर्धारणका लागि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफालगायतका विभिन्न १३ सूचकलाई आधार बनाएर भाडा समायोजन गरिएको विभागले जनाएको छ । 

डिलक्स यात्रुबाहक सवारी साधनले तोकिएको भाडा दरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने र सुपर डिलक्सको सुविधा लिएका यात्रुबाहक सवारी साधनले डिलक्सको भाडा दरमा २० प्रतिशत रकम थप लिन सक्ने व्यवस्था छ । 

यसरी नै तराईको लामो दुरी (२५० कि.मि.भन्दा बढी) पक्की र ग्राभेल वाटोमा संचालन हुने यात्रुबाहक बस, मिनी बसका लागि यसअघि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ८४ पैसा रहेको र अब प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा लाग्ने छ । २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दुरीका पक्की र ग्राभेल बाटोमा संचालन हुने यात्रुबाहक बस, मिनी बसका लागि यसअघि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ १ पैसाबाट प्रतिव्यक्ति ३ रुपैयाँ पुगेको विभागले जनाएको छ ।

काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ १४ पैसाबाट बढेर ३ रुपैयाँ २४ पैसा लाग्ने भएको छ । मालबाहक सवारीका लागि तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडतर्फ प्रतिटन १४ रुपैयाँ ७७ पैसा भाडा लाग्ने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise