
काठमाडौं : नेपालका लागि चेरी क्यू गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटोकर्पले आफ्नो नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यू’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको ‘चेरी क्यू’ ले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
‘चेरी क्यू’ को लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ । १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
व्यावहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रङ्क (अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ ।
सुरक्षाका लागि चेरी क्यूमा ६ वटा एयरब्याग, ५४० (डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट लगायतका सुविधाहरू उपलब्ध छन् ।
‘चेरी क्यू’ मा ४१.२ किलेवाट हर्ज क्षमताको एल एफपी ब्याट्री प्याक र रियर ह्विल ड्राइभ पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको कम्पनीले जनाएको छ । एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशकले ‘चेरी क्यू’ को सार्वजनिक गर्दै भने , ‘चेरी क्यू को सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अत्याधुनिक सुरक्षा सुविधाहरू, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त व्यावहारिकताको उत्कृष्ट संयोजनसहित चेरी क्यू नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पूरा गर्न डिजाइन गरिएको छ। नवीन उत्पादनहरू प्रस्तुत गर्नुका साथै हामी देशभर आफ्नो पूर्वाधार विस्तार गर्दै ग्राहकहरूलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ ।’
चेरी विश्वभर सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदै आएको छ। २ करोडभन्दा बढी प्रयोगकर्ता तथा विश्वका १३० भन्दा बढी क्षेत्र र देशहरूमा आफ्नो उपस्थिति स्थापित गरेको चेरी ले नवीनता, गुणस्तर र अत्याधुनिक अटोमोटिभ प्रविधिमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । नेपालमा चेरी को उपस्थितिलाई थप सुदृढ बनाउँदै पायोनियर मोटोकर्पले आफ्नो देशव्यापी पूर्वाधार तथा ग्राहक सेवा सञ्जाल विस्तार गरिरहेको छ । ग्राहकहरूले चेरी क्यू लाई काठमाडौंको थापाथलीस्थित चेरी शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सक्नेछन् । चेरी क्यूको सार्वजनिकरणसँगै पायोनियर मोटोकर्पले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि, आराम, सुरक्षा र उत्कृष्ट मूल्यको संयोजनसहितको विद्युतीय सवारी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।