२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

सिजीले तिहारलाई लक्षित गर्दै ल्यायो माइक्रोवेभ ओभन बजारमा

Nada
२०८३ कार्तिक २० गते १९:४१
Shares
सिजीले तिहारलाई लक्षित गर्दै ल्यायो माइक्रोवेभ ओभन बजारमा

काठमाडौं : तिहारमा घरमै विभिन्न परिकार बनाउन र पाहुनालाई स्वादिष्ट खानेकुरा खुवाउन सिजी माइक्रोवेभ ओभन उपयोगी हुने कम्पनीले जनाएको छ । खाना तताउन मात्र नभई मिठाई बनाउन, मसला रोस्ट गर्न तथा विभिन्न परिकार बेक र ग्रिल गर्नसमेत माइक्रोवेभ ओभन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै माइक्रोवेभ ओभनबाट घरमै सजिलै तयार गर्न सकिने छ ।

तिहारमा भाइटीकाका लागि आवश्यक काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसलालाई माइक्रोवेभ ओभनमा केही मिनेटमै रोस्ट गर्न सकिन्छ । त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलुवा र चकलेटजस्ता मिठाई पनि ओभनको प्रयोगबाट घरमै बनाउन सकिनेछ ।

भाइटीकामा दाजुभाइलाई उपहार दिन केक तथा कुकिज बनाउन र पारिवारिक जमघलका लागि पनिर तथा मासुका परिकार ग्रिल गर्न पनि ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल फिचर उपयोगी हुने कम्पनीले जनाएको छ । अघिल्लो दिन तयार गरिएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पाहुना आउँदा तताएर खान पनि यसको प्रयोग गर्न सकिनेछ ।

ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै कम्पनीले बजारमा २० देखि ३५ लिटरसम्म क्षमताका ६ मोडलका माइक्रोवेभ ओभन उपलब्ध रहेको कम्पनीले जनाएको छ।  

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर